६ कार्तिक २०८३, शुक्रबार

नेपालका विषयमा भारतीय संसदमा किन बहस ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat Ko Samsadकाठमाडौं, १८ मंसिर । राज्यसभाको बैठक अपराह्न २ बजे सुरु हुनासाथ समाजवादी पार्टीका सांसद नरेश अग्रवालले बोले ।

उनले उत्तर प्रदेशसँग पाँच सय किलोमिटर सीमा जोडिएको नेपालको अवस्था अत्यन्तै गम्भीर रहेको भन्दै एक सातापछि नेपालबारे विस्तृतमा छलफल गरौँ भन्ने प्रस्ताव गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले नेपालमा मधेसीमाथि भेदभाव भएको र परिस्थिति बिग्रँदै गर्दा भारतको विदेश नीति असफल हुँदै गएको पनि आरोप लगाए ।

त्यसपछि सीमावर्ती बिहारबाट प्रतिनिधित्व गर्ने जनता दल युनाइटेडका सांसद तथा पार्टी महासचिव केसी त्यागीले नेपाल तथा नेपाल–भारत सम्बन्धको अवस्था अत्यन्तै गम्भीर हुँदै गएको बताए ।

त्यहीबीचमा छलफल एक साता सार्ने कि नसार्ने भन्ने बहस भयो । उपसभामुखले सोधे, ‘तपाईंहरू भन्नुस्, अहिले नै छलफल गर्ने कि एक सातापछि रु’ ध्यानाकर्षण प्रस्ताव गर्ने जेडियूका सांसद पवन बर्माले भने, ‘छलफल गर्नुपर्छ ।’

कंग्रेस उपनेता आनन्द शर्माले भारतले छिमेकसँग राख्ने सम्बन्धबारे कुरा गर्नुपर्ने बताए । उनले पाकिस्तानको पनि नाम लिँदै समग्र सम्बन्धका विषयमा छलफल गर्नुपर्ने पक्षमा कंग्रेस रहेको बताए ।