६ कार्तिक २०८३, शुक्रबार

बाबुरामको नयाँशक्ति बिभाजन हुन थाल्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattraiकाडमाढौं, १८ मंसिर । कात्तिक दोस्रो साता एमाओवादी केन्द्रीय समिति परित्याग गरेका तीन नेता आत्मालोचना गर्दै पार्टीमा फर्केका छन् ।

असोज ९ गते पार्टी परित्याग गरेका वरिष्ठ नेता बाबुराम भट्टराईले थालेको नयाँ शक्ति अभियानमा सहभागी हुने भन्दै पार्टी त्यागेका उनीहरु फेरि फर्केका हुन् ।

बिहीबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै पोलिटब्युरो सदस्य शशि शेरचन स्वनाम साथी, घनश्याम यादव र उपेन्द्र साहले महासचिव कृष्णबहादुर महरालाई आत्मालोचना पत्र बुझाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

उनीहरुसहित २१ केन्द्रीय सदस्यलगायत ४५ नेता एमाओवादी परित्याग गरेका थिए ।

‘भट्टराईले नयाँ शक्ति निर्माण क्रममा मार्क्सवाद छाडेको बताएकाले’ आफूहरु फर्केको उनीहरुको प्रष्टिकरण छ ।