१ कार्तिक २०८३, शनिबार

नेपाली कामदारलाई सस्तोमा घर फर्काउन मलेसियामा एनआरएनको नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baideshik-Rojgar1– सुदिप निउरे
क्वालालम्पुर । गैर आवासीय नेपाली संघ मलेसियाले अबैधानिक नेपाली घर फकाउने जिम्मा आफूलाई दिन यहाँस्थित राजदूतावास समक्ष प्रस्ताव पेश गरेको छ ।

कानुनी हैसियत बिहिन अबस्थामा मलेसिया रहेकाहरु घर फर्किन खोज्दा ब्यापक ठगी भएको भन्दै संघले यस्तो प्रस्ताब अघि सारेको हो । अहिले प्रति ब्यक्ति २ हजार देखि ३ हजार ५ सय आरएमसम्मको रकम असुलीे भैरहेको संघका अध्यक्ष महेन्द्रजंग शाहीले दाबी गरे । यस्तो अबस्थामा एक हजार ३ सय २० आरएममा अबैधानिक नेपालीलाई घर फर्काउन आफूहरु तयार भएको अध्यक्ष शाहीले बताए ।

संघले अगाडि सारेको प्रस्तावमा आन्तरिक खर्चका लागि भनी लिईने ५० आरएमबाट ब्यबस्थापकीय खर्च कटाएर बचेको रकम नेपालीकै हितमा लगाईने स्पष्ट पारिएको छ । अपाङ्ग, मानसिक समस्या तथा अंगभंग भएका नेपालीलाई निःशुल्क नेपाल पठाईने प्रस्तावमा जनाईएको छ । यदी यो प्रस्ताव स्वीकृत भएमा ट्राभल डकुमेन्टका लागि राजदूतावासमा बुझाईने १ सय ६० आरएम जोडेर कुल १ हजार ४ सय ८० मा अबैधानिक नेपाली घर फर्किन सक्ने छन् ।

संघले बुझाएको प्रस्ताव लिँदै मलेसियाका लागि नेपाली राजदूत डाक्टर निरंजनमानसिंह बस्न्यातले यस बारेमा सम्बन्धित निकायसंग छलफल गरि निर्णय दिने बताए । गैर आवासीय नेपाली संघ मलेसियाले राजदूतावास समक्ष राखेको नयाँ प्रस्तावमा यहाँस्थित बिभिन्न संघ संगठनले समर्थन जनाएका छन् । नेपाली ब्यवसायी समाज मलेसिया, नेपाल आदिबासी जनजाति महासंघ मलेसिया, नेपाली कांग्रेस जनसंम्पर्क समिति मलेसिया, प्रवासी नेपाली मञ्च मलेसिया, नेपाली जनप्रगतिशिल मञ्च मलेसिया र नेपाल मलेसिया बैदेशिक रोजगार समन्वय समितीले समर्थन जनाएका हुन ।

यसअघि राजदूतावासले गत असोजमा मलेसियास्थित अध्यागमन बिभागका पूर्ब कर्मचारीहरुको संगठनसंगको सम्झौता खारेज गरेको हो । कोपरासी ईमिग्रेशन बरहार्डसंग १ हजार ४ सय ८० आरएममा अबैधानिक कामदार घर पठाउने सहमति भएको भएपनि दशैतिहारमा हवाई टिकटको मुल्य बढेको बहाना देखाई सो कोपरासीले आफ्नै तरिकाले २ सय आरएम बढाएर १ हजार ६ सय ८० आरएम बनाएपछि दूतावासले कोपरासी ईमिग्रेशन बरहार्डसंगको सम्झौता खारेज गरेको थियो ।