यो पेशा मान्छेलाई सिङ्गार्ने व्यवसाय हो । विशेष गरेर महिलाहरूलाई कृतिम रुपमा सजाउने काम हो । महिला र युवतीलाई धेरै राम्रो देखाउन सक्नु नै ब्यूटिसियनको पहिचान हो । मान्छेलाई प्रकृतिले दिएको रुप आफ्नो ठाउँमा हुन्छ । त्यसबाहेक पनि कृतिम रुपमा कुशलताका साथ व्यक्ति सजाइने कुरालाई नै ब्यूटिपार्लर भनेको हुनुपर्छ । मैले यसलाई यही रुपमा बुझेकी छु । यति नै गरे भनेर संख्या थाहा छैन । अहिलेसम्म एक सयभन्दा बढी दुलही सिङ्गारी सकेकी छु । किन नहुनु । छन् नी । प्रसासस्त साथीहरू छन् । म पनि त मान्छे हुँ । तर ब्यूटिपार्लर सिक्दा बनाएका दुई साथी अत्यन्तै मिल्छौँ । गीता गिरी र सजिना शिलाकार अति मिल्ने साथी हुन् । उनीहरूले पनि ब्यूटिपार्लर खोलेर बसेका छन् । राम्रो कमाइ छ उनीहरूको पनि ।
















प्रतिक्रिया