मुम्बई । गायक उदितनारायण झा ६० पुगेर ६१ मा वर्षमा लागेका छन् । सन् १९५५ डिसेम्बर १ मा सप्तरी जिल्लाको भारदहमा जन्मिएका उदितनारायणले अहिलेसम्म विभिन्न ३४ भाषाका २५ हजारभन्दा बढी गीत गाइसकेका छन् ।
नेपाली तथा हिन्दी फिल्ममा समेत स्वर दिएका गायक अहिले पनि उत्तिकै सफल र व्यस्त छन् । उदितनारायणले प्रकाश थापाको निर्देशनमा बनेको ‘सिन्दूर’ फिल्मबाट पाश्र्व गायन सुरु गरेका हुन् ।
सन् १९७८ मा संगीत अध्ययनका लागि मुम्बई पसेका उनले त्यसको दुई वर्षपछि फिल्मी गीत गाउने अवसर पाए ।
उनको पहिलो हिट गीत ‘कयामत से कयामत तक’ फिल्मको ‘पापा कहते है बडा नाम करेगा हो’ ।
सो गीतबाट उनले ‘बेस्ट प्लेब्याक सिंगर’को फिल्म ‘फेयर अवार्ड’ जितेका थिए ।
उदित गायनमा अहिले पनि उत्तिकै सक्रिय छन् । उनले गाएका अधिकांश गीतहरू चर्चित छन् ।















प्रतिक्रिया