३१ आश्विन २०८३, शनिबार

सरकारले एनसेललाई गर्‍यो कारबाही !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncell-logoकाठमाडौँ, १६ मङ्सिर । अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले एनसेललाई कारबाही गरेको छ ।

सेसन इनिसेसन प्रोटल (सिप)मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को (२) अनुसार निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई कारबाही गरिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसेलले अवैधरुपमा दूसञ्चार सेवा सञ्चालन गरेकाले उक्त सेवा तत्काल बन्द गर्न र नियम अनुसार रु पाँच लाख जरिवाना तिर्न प्राधिकरणले कम्पनीलाई निर्देशन दिइसकेको छ ।

एनसेलले जिएसएम मोबाइल तथा इन्टरनेट–इमेलका लागि मात्र लाइसेन्स लिएको छ । एनसेलले गैरकानुनीरुपमा ‘बेष्ट क्वालिटी भ्वाइस सर्भिस ‘भिओआइपी’ प्रयोग गर्दै आएको पाइएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । रासस