१ कार्तिक २०८३, शनिबार

कसले दियो माननीय ज्यूहरूलाई खुट्टा र पखेटा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kukhura Ko Masu Samsad Nepal Bimalखाजाका रुपमा उपलब्ध कुखुराको मासु चेमनागृहले अत्यन्तै हेलचेक्र्याइ गरेर उपलब्ध गराएको आफूले पाएको एक सांसदले गुनासो गरेका छन् । मासुभन्दा पनि चमेनागृहले कुखुराको पखेटा, खुट्टा, घाँट, मासुबाट निकालिएको छाला र अत्याधिक बोसोसहितको तरकारी उपलब्ध गराएको थियो । कुखुराको सो मासु अधिकांस सांसदहरूले नखाइ त्यत्तिकै कटौरामा छाडेका थिए । समितिका सांसदहरूलाई कुखुराको कमसलखालको मासु खुवाइएका विषयमा चमेनागृह सञ्चालक गोपालसँग सम्पर्क गर्नका लागि उनको मोवाइल फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । गोपलले आफ्नो मोबाइल फोन नउठाएका कारण सो विषयमा प्रतिक्रिया लिन सकिएन । ती सांसदले आफूलाई दिइएको च्युरामा मुसाको ‘विष्टा’ फेला पारेको गुनासो गरे । उनले मुसाको ‘विष्टा’ पाइएपछि आफूले च्युरा नखाएको बताए ।