३१ आश्विन २०८३, शनिबार

चीनसँग जोडिएको कोरला नाका पुग्यो संसदीय टोली, केरुङभन्दा यसरी सजिलो छ कोरला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mustang-(2)-Korala-naka-chi

मुस्ताङ, १५ मङ्सिर । चीनसँग सीमा जोडिएको कोरला नाकाको अवस्था अध्ययन गर्न गएको संसदीय टोलीले आज बिहान नाकाको वस्तुस्थितिबारे अनुगमन गरेको छ ।

व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारी र सुरक्षा अधिकारीसहितको टोली सोमबार सदरमुकाम जोमसोम हुँदै सीमाक्षेत्र प्रस्थान गरेका थिए ।

त्यसतर्फ जानुअघि टोलीले सदरमुकाम जोमसोममा सरोकार भएका निकायका प्रतिनिधिसँग अनौपचारिक छलफल गरेका थिए । भारतीय नाकाबन्दीका कारण देशभर इन्धन, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्रीको चरम अभाव भइरहेका सन्दर्भमा नाका सञ्चालन गर्न संसदीय टोली सक्रिय बनेको छ ।

Nepla-China-Meeting-Mustang (1)

टोलीले नाकाको अवस्था, सञ्चालन गर्नका लागि तयार गर्नुपर्ने पूर्वाधार, सडक तथा चिनियाँ पक्षको सुरक्षा चासोको विषयमा अनुगमन गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

“टोलीले यस क्षेत्रको सबै कुराको अध्ययन गरेको छ, आजै सदरमुकाम जोमसोम फर्कने कार्यक्रम छ” शेरचनले भन्नुभयो । संसदीय विकास समितिले यसअघि रसुवाको केरुङ नाकाका बारेमा पनि अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको छ । बाह्र वर्षदेखि बन्द अवस्थामा रहेको कोरला नाकासम्म कालीगण्डकी करिडोर अन्तर्गत सडकको पहुँच पुगेको छ ।

चिनियाँ पक्षको सुरक्षा चासोलाई सम्बोधन गर्न सके सरकारका लागि सामान आयात निर्यातका लागि कोरला भरपर्दो नाका हुने बताइएको छ । टोलीले बुधबार जोमसोममा बृहत् अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

Nepla-China-Meeting-Mustang (2)

“हामीले यसको विस्तृत अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छौँ, त्यसका लागि स्थानीयस्तरदेखि माथिल्लो तहसम्म छलफल गर्नेछौँ” समितिका सभापति अधिकारीले भन्नुभयो ।

उपल्लो मुस्ताङका- ६ गाविसका सर्वसाधारणलाई निर्बाध रुपमा आवतजावतको व्यवस्था भए पनि पछिल्लो समय चिनियाँ पक्षले नाकामा एकदमै कडा बनाएको छ । वर्षको दुई पटक आयोजना हुने द्विदेशीय व्यापार मेला पनि अहिले चिनियाँ पक्षकै कारण वर्षमा एक पटक मात्रै हुँदै आएको छ ।

प्रजिअ अधिकारीले संसदीय समितिको चासोपछि स्थानीयवासी उत्साहित भएको जानकारी दिनुभयो ।

केरुङभन्दा सजिलो कोरला नाकाः

यदि सरकारले तदारुकतासाथ कोरला नाका खोल्ने हा भने आपूर्ति गर्न त्यस्तो अप्ठेरो छैन् । सडकको सुविधा भएको र भौगलिक बनाउटले पनि साथ दिने भएको कोरला नाकाबाट आयात गर्दा सजिलो हुने देखिएको छ ।

रसुवागढीको केरुङ नाकाजस्तो अप्ठेरो यो नाका छैन् । कोरला नाकाबाट महिना दिनभित्रै सहज आयात गर्न सकिने संसदीय समितिको निष्कर्ष छ । नाकाबन्दीसँगै खोलिएको केरुङ नाकामा अहिलेसम्म सहज आयात हुन सकेको छैन् । रासस