काठमाडौं, १५ मंसिर । राजधानीकै रेड एरिया मानिने रत्नपार्कमा अब सर्वसाधारणले निःशुल्क वाइफाई प्रयोग गर्न पाउनेभएका छन् ।
काठमाडौं महानगरपालिकाले रत्नपार्क बगैचाभित्र प्रवेश गर्नेलाई निःशुल्क वाइफाई चलाउन दिने भएको हो । अबको तीन हप्तापछि रत्नपार्कमा वाइफाई सेवा सुरु हुँदैछ ।
काठमाडौं महानगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख रामु सापकोटाले वाईफाई जडानको कार्य भइरहेको र तीन हप्ताभित्रै सर्वसाधारणले प्रयोग गर्न पाउने बताए । उनले रत्नपार्कमा आई स्पीडको सेवा दिइने जानकारी दिए ।















प्रतिक्रिया