३१ आश्विन २०८३, शनिबार

ज्येष्ठ नागरिकका लागि च्याउखेती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chyauबर्दिया, १५ मंसिर । जनचेतना तथा युवाजागरण मञ्च (फाया नेपाल) नेपालले हेल्प ऐज अन्तर्राष्ट्रियको सहयोगमा ६० वर्षमाथिका बर्दिया कालिका गाविसका ज्येष्ठ नागरिकको आयआर्जनका लागि च्याउखेती कार्यक्रमको सुरुवात गरेको छ ।

आफ्नो जीवनभर विविध प्रकारका ज्ञान, सीप, अनुभव सङ्गालेका ज्येष्ठ नागरिक उमेर र तागतले गर्न सक्ने कामका रुपमा च्याउखेती उपयुक्त हुने भएकाले सहयोग गरिएको मञ्चका कार्यक्रम अधिकृत मानबहादुर डाँगीले बताउनुभयो ।

ज्येष्ठ नागरिक सञ्जाल कालिकाको अग्रसरतामा मङ्सिर १० र ११ गते कालिका गाविसका ४५ जना ज्येष्ठ नागरिकलाई च्याउखेती गर्ने तरिकाका बारेमा तालिम दिइएको थियो ।

उमेरअनुसार अन्य काम गरेर आयआर्जन गर्न शरीरले नसक्ने अवस्थाका ज्येष्ठ नागरिकलाई यो पेसा कम लागतमा पनि गर्न सकिने ज्येष्ठ नागरिक सञ्जाल बर्दियाका अध्यक्ष टुकराज घिमिरे बताउनुभयो ।

अन्य आयआर्जनका गतिविधिभन्दा च्याउखेती गर्न सहज भएकाले ज्येष्ठ नागरिकले च्याउखेतीमा रुचि देखाएको तालिममा सहभागी ८२ वर्षीय छविलाल पौडेलले बताउनुभयो ।

मञ्चले तालिममा सहभागी ज्येष्ठ नागरिकलाई दुई पोकाका दरले च्याउको बीउ पनि सहयोग गरेको छ । रासस