३० आश्विन २०८३, शुक्रबार

भारतीय नाकाबन्दीविरुद्ध नेपालीहरूले फ्रान्सलाई यसरी गुहारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

france 2– विजय थापा

वाशिंगटन डिसी, १५ मंसिर । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीविरुद्ध विश्वब्यापी रुपमा व्यापक बिरोध भै रहेको अवस्थामा फ्रान्समा रहेका नेपाली मुलका समुदायले फ्रान्सका सांसदका अध्यक्ष (सभा प्रमुख) समक्ष ज्ञापन पत्र बुझाएका छन ।

भारतको अव्यवहारिक र पारबहन सन्त्री विपरित नाकाबन्दीलाई विश्वब्यापी रुपमा जनचेतना फैलाउने उद्देश्यले फ्रान्सका सांसदका अध्यक्ष क्लाउड बर्टोलोनलाई भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीबिरुद्ध ज्ञापनपत्र नेपाली समुदाएको तर्फबाट बुझाइएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समान्वय समिति, फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले जानकारी दिनुभयो ।

यसैगरी सो विषयमा फ्रान्सकी सांसद एलिजाबेथ गुइगुलाई समेत जानकारी गराइएको अर्यालले बताउनुभयो । उहाँले फ्रान्समा अहिले संकटकालको अवस्था भएकोले जुलुस प्रदर्शन गर्न नसकिने भएकोले फ्रान्सका सांसदका अध्यक्षलाई ज्ञापनपत्र बुझाइएको बताउनुभयो ।

जन्मभूमि रोईरहेको अवस्थामा अर्यालले विश्व कुटनीतिमा प्रभावशाली देश फ्रान्सको संसद सभामुखको ध्यानाकर्षण गराई सहयोगको ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापन पत्रमा भूकम्पबाट तहस नहस पारेको र नयाँ संबिधान जारी गरेर देशले विकास निर्माणमा द्रुत गतिमा लाग्ने समयमा छिमेकी राष्ट्र भारतले मानवता र अन्तर्राष्ट्रिय नियम नीतिबिरुद्ध नेपालमा अघोषित नाकाबन्दी गरेकोले फ्रान्सको कुटनीतिक तवरले नाकाबन्दी खुलाउन सहयोग गर्न अनुरोध गरेको बताएका छन् ।

नेपाली समुदायको अनुरोधमा सांसद र सभाध्यक्ष दुबैले ध्यानपूर्वक छलफल गरेका थिए । उनीहरूले नेपाल भूकम्पपछिको वातावरणसम्बन्धी चासो दिएर केही जिज्ञासा राखेका थिए ।

संसदको नेपाल फ्रान्स मैत्री समूहमा सरसल्लाह गरेरफेरि भेट्ने वाचा गर्नुका साथै सहानुभूति प्रकट गर्दै आवस्यक निकाय तथा पदाधिकारीहरूसंग छलफल गरेर नेपाललाई के कस्तो सहयोग गर्न सकिन्छ भनि विचार राखेका थिए ।

अर्याल आफू बसेको शहरको नगरपालिका अन्तर्गत बिदेशी मूलका नागरिकहरुको हकहितको लागि समेत सहयोग गर्ने समितिको अध्यक्ष समेत भएर काम गरी सकेका छन् ।