१२ कार्तिक २०८३, बिहिबार

कांग्रेस मधेसी दल र सरकारबीच मध्यस्थता बनेर सहमति खोज्छ : सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman-Singकाठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले महिलालाई आत्मनिर्भर बनाउन सकेमा देशले राम्रो प्रगति गर्नसक्ने बताउनुभएको छ ।

महिला सिर्जनशील केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री सिंहले भारतको अघोषित नाकाबन्दीले मुलुकमा उब्जाएको समस्याको प्रत्यक्ष असर महिलालाई बढी परेको बताउँदै ग्यासलगायतका उपभोग्य सामग्रीको अभावमा महिलालाई गृहस्थी चलाउन समस्या परेको उल्लेख गर्नुभयो ।

मुलुकको वर्तमान समस्या वार्ता र सहमतिबाटै हुने भन्दै महामन्त्री सिंहले तराईमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्नुभयो । उहाँले सविधान संशोधनका लागि आफ्नो पार्टीले संशोधन पत्र दर्ता गराइसकेकाले मधेसका जायज मागलाई सम्बोधन गर्नका लागि कांग्रेसले सहयोगीको भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।

महामन्त्री सिंहले अहिलेको समस्यालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको भन्दै सरकार र मधेसी दलबीच मध्यस्थताकोे भूमिका खेल्ने पनि बताउनुभयो ।

पूर्वसांसद कल्याणी रिजालले आधा आकाश ढाक्ने महिलालाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने खालका सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले सीपमूलक तालिमले स्वदेशमै आम्दानी गर्ने वातावरण भए बिदेसिनुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्नुभयो ।

महिलालाई आत्मनिर्भर बनाउन संस्थाले २०६५ सालदेखि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ । वर्षको दुई पटक दिइने सीपमूलक तालिममा गत वर्षमात्रै २५ महिलालाई तालिम दिइएको केन्द्रकी अध्यक्ष अनिता चापागाईंले जानकारी दिनुभयो ।

यस वर्षको पहिलो चरणमा ब्युटीपार्लर र सिलाइकटाइ तालिम लिएका १६ जनालाई महामन्त्री सिंहले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।