काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले महामन्त्री मनोनयन गरेको छ ।
आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम राजेन्द्र लिङ्गदेन (झापा) र डा. धवलशम्शेर राणा (बाँके)लाई रिक्त रहेको महामन्त्री पदमा मनोनयन गर्नु भएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि महामन्त्री चन्द्र गुरुङको उपचारका क्रममा अमेरिकामा निधन भएको थियो ।














प्रतिक्रिया