१२ कार्तिक २०८३, बिहिबार

पहिलोपटक भारतीय सुरक्षाकर्मीले नेपालसँग माफी माग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काँकडभिट्टा (झापा), १३ मङ्सिर । केचना नाकाबाट हतियारसहित नेपाल प्रवेश गरेपछि आज बिहान पक्राउ परेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का १३ जवान पाँच घन्टापछि रिहा भएका छन् ।

‘भूलवश नेपाल पसेको’ भन्दै क्षमायाचना गरेपछि एसएसबीका बटालियन कमान्डर जिबी नेगीलाई पक्राउ परेका भारतीय सुरक्षाकर्मी जिम्मा लगाइएको झापाका सहायक प्रजिअ डमरु निरौलाले जानकारी दिनुभयो । भारतीय पक्षले नेपालसँग माफी मागेको यो पहिलोपटक हो ।

सुपारी तस्करलाई पछ्याउने क्रममा बिहान चार थान हतियारसहित १३ जना एसएसबीका जवान सीमा छिचोलेर केचना–४ स्थित नेपाली बस्तीसम्म आइपुगेका थिए । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

“उनीहरुले गल्ती स्वीकारे”–पक्राउलगत्तै सदरमुकाम चन्द्रगढीबाट केचना पुगेका सहायक प्रजिअ निरौलाले भारतीय सुरक्षाकर्मीको रिहाइपछि भन्नुभयो, “हामीले उनीहरुको कमान्डरलाई जिम्मा लगाएर पठायौँ ।”

घटना भएको केचना भारतसँग सीमा जोडिएको झापाको दक्षिणपूर्वी सीमान्त गाविस हो । दुई दिनअघि सुपारी तस्करलाई लखेट्ने भन्दै सोही क्षेत्रमा सीमा नजिक एसएसबीले आधा दर्जन राउन्ड फायरसमेत गरेको स्थानीय बासिन्दा बताउँछन् । रासस