काठमाडौं, १३ मंसिर । लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका सांसद र डीएसपीको एक जोडीले गुपचुमै दोस्रो विवाह गरेका छन् ।
धनाढ्य श्रीमानको सम्पत्ति आफ्नो नाममा हालेर नेपाली कांग्रेसकी सांसद ओमदेबी मल्ल जोशीले नेपाल प्रहरीका डीएसपी केदार ढकालसँग शुक्रबार साँझ बानेश्वरको एक पार्टी प्यालेसमा गुपचुपमै दोस्रो विवाह गरेकी हुन् । विवाह समारोहमा उनले केही भिआईपीहरु र ठूलाबडालाई भोज समेत खुवाएकी छिन् ।
यसअघि श्रीमान किरण जोशीलाई छाडेर सांसद मल्ल डीएसपी ढकालसँग हनिमुनमा समेत गएकी थिईन् । पूर्व श्रीमान जोशीबाट मल्लका एक छोरा, एक छोरी छन् ।

उता मल्लसँग लगनगाँठो कसेका डीएसपी ढकालको पनि यो दोस्रो विवाह हो । मल्ल नेपाली कांग्रेसकी समानुपातिक सभासद् हुन् । उनी एक वर्षदेखि ढकालसँग बस्दै आएकी थिईन् ।
उनको सम्बन्धको बारेमा यसअघि नै दैनिक नेपालले समाचार प्रकाशित गरेको थियो । तर, उनले आफ्नो मानहानी भएको भन्दै उजुरी हालेकी थिईन् । जसको अहिले पर्दाफास भएको छ ।
बिहे पार्टीमा ठूलाबडालाई भोज !

सांसद मल्लले विवाह पार्टीमा केही भिआईपी र ठूलाबडा पाहुनालाई मात्र बोलाएको खुलासा भएको छ ।
गुपचुपमै विवाह गरेका कारण उनले पार्टीका केही नेता, कलाकार र पूर्व कर्मचारीहरुलाई बिहे पार्टी खान बोलाएकी थिईन् । उनको विहे पार्टीको भोज खान काँग्रेस महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशशरण महत, रामहरि खतिवडा, एमाले नेता केशव बडाल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेता तथा पूर्वमन्त्री सुनीलबहादुर थापा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतको उपस्थिती थियो ।
















प्रतिक्रिया