३१ आश्विन २०८३, शनिबार

मधेसबाट यसरी हुन्छ प्रशासनकै मिलोमतोमा इन्धनको तस्करी (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-Oil-Kalobajari (2)

– सन्तोष कुुमार
सिरहा, १३ मंसिर । प्रशासनकै मिलोमतोमा देशभर पेट्रोलियम पदार्थको कालोबजारी बढेको छ । मोर्चाको हड्तालका कारण राति स्कटिङ हुुने गाडीमा पेट्रोलिम पदार्थ काठमाण्डौं भित्र्याएर कालोबजारी भईरहेको रहस्य खुुलेको हो ।

शनिवार राति धरानबाट काठमाण्डौं छुुटेका रात्रि बस सिरहाको मिर्चैया नजिकैको अर्को गाडीमा ठोकियो । उक्त ना. ४ ख. ३७८८ नम्बरको बस त्यही रोकियो । त्यसपछि त्यहाँ पुुगेका स्थानीयले बसभित्र करिब हजारौं लिटर पेट्रोलियम पदार्थ हेरेपछि छक्क पर्यो । विस्तारै मधेसी मोर्चाको कार्यकर्ताहरुले थाहा पाएपछि बस र तेल नियन्त्रणमा लिएर प्रहरीलाई बुुझायो ।

अहिले उक्त बस र त्यसभित्र रहेका पेट्रोलियम पदार्थ ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । मधेसी मोर्चाका एक नेताले गरेको दावी अनुुसार उक्त बसभित्र अन्दाजी ११ हजार लिटर पेट्रोल छ । तर प्रहरीले भने त्यती मात्रामा पेट्रोल नभएको दावी गरेका छन् ।

Petrol-Oil-Kalobajari (1)

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी श्याम चौधरीले स्कटिङका बेला गाडी ठोकिएको उक्त बसभित्र पेट्रोलियम पदार्थ फेला परेपछि नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘बसमा यात्रुु थियो । तर ठोकिएपछि यात्रुहरु अर्को बसमा चढेर गयो ।’
यता मधेसी मोर्चाका कार्यकर्ताहरुले बसमा ३/४ जना मात्र यात्रुु रहेको दावी गरेका छन् । उनीहरुले बसभित्र रहेको पेट्रोलियम पदार्थ ब्लेकमा बेच्न काठमाण्डौं लगिरहेकोले कानूून बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुुन् ।

स्रोतका अनुुसार तराईबाट काठमाण्डौं पुुग्ने अधिकांश गाडीमा पेट्रोलियम पदार्थ हुुन्छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण काठमाण्डौंमा पेट्रोलिम पदार्थको हाहाकार भएको छ । यस्तो बेला तस्करहरुले तराईका जिल्लाहरुमा भारतीय बजारबाट भित्र्याएको पेट्रोलियम पदार्थ काठमाण्डौं लगेर ब्लेकमा बेच्दा अत्यधिक फाइदा हुुने गर्छन् ।

मधेसी मोर्चाको बन्दका कारण दिनमा गाडी चल्दैन् । रातिमा स्कटिङ हुँदा प्रहरीले चेकजाँज गर्दैन् । यस्तो मौकाको फाइदा पेट्रोलियम पदार्थको कालोबजारी गर्नेहरु लुुटिरहेका छन् । यस्तो कार्यमा अहिले ठूूला कहलाउने प्रतिष्ठित व्यक्तिहरु समेत संलग्न छन् ।

एक व्यापारी भन्छन्, ‘सिरहाको लहानबाट काठमाण्डौं तेल लग्दा बर्दिबाससम्म स्कटिङमा चेकजाँच हुुँदैन् । बर्दिबासबाट सिन्धुुली, खुुर्कोट, बनेपा हुुँदै काठमाण्डौं पुुग्दा ३/४ ठाउँमा मात्र चेकजाँच हुन्छ । प्रहरीले थाहा पाइहाल्यो भने ३/४ हजार रुपैया हातमा थमाइदिन्छौं ।’

Petrol-Oil-Kalobajari (3) Petrol-Oil-Kalobajari (4)