१२ कार्तिक २०८३, बिहिबार

हतियारसहित मधेशबाट काठमाडौँ छिरेका ठाकुरमाथि सुन्धारामा प्रहरीको हमला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol-goli-prahar4

काठमाडौं, १३ मंसिर । हतियारसहित काठमाडौँ प्रवेश गरेका एक युवक प्रहरीको इन्काउन्टरमा परी सख्त घाइते भएका छन् ।

नेपालका विभिन्न जिल्लामा आपराधिक गतिविधि संचालन गर्दै आएका छोटेलाल ठाकुर शनिबार प्रहरी इन्काउन्टरमा परी घाइते भएका हुन् । उनी हतियारसहित काठमाडौँ प्रवेश गरेको सूचना पाएपछि प्रहरीले पिछा थालेको थियो । सोही क्रममा काठमाडौँको सुन्धरास्ति लुम्बिनी पाहुना घरमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीलाई नियन्त्रणमा लिन खोज्यो । तर, पत्रिकामा पोको पारेर राखेको पेस्तोल सोझ्याउन खोजेपछि गोली हानेको प्रहरीले जनाएको छ ।

५ वर्ष अघि नेपाल प्रहरीबाट एसएलआर र एउटा पेस्तोल लिएर भागेका उनी मधेसका विभिन्न जिल्लामा आपराधिक क्रियाकलापमा सक्रिय थिए ।