१ कार्तिक २०८३, शनिबार

मोदीविरुद्ध अमेरिकाको प्रख्यात ‘फिस एण्ड रिचार्डसन’ले मुद्दा लड्दै, पत्रकारले हाले मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White House

– विजय थापा
वाशिंगटन डिसी, १३ मंसिर । अमेरिकाको बोस्टनमा लामो समयदेखि बस्दै आएका नेपाली मुलका प्रख्यात छायाचित्र पत्रकार बिमल नेपाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कानुनी लडाइँ लडिरहेका छन् ।

उनै नेपालसंग डिसीमा मोदीले उनले खिचेको तस्बिर अनुमति बिना सामाजिक संजालमा प्रकाशित गरेको बिषयमा गरिएको अन्तर्वार्ता कुराकानी यस्तो छः

कुराकानी गर्दै उनले आफूले खिचेको छायाचित्र अनुमतिबिना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गर्नु सरासर गलत भएको बताए । उनले भने– ‘उहाँ जस्तो सर्वाधिक चर्चित व्यक्तिले मैले खिचेको तस्बिर प्रयोग गर्नु भनेको मेरो लागि गौरब पनि हो । तर, मैले गरेको मेहनत र मेरो सर्बाधिकारको हनन भएकोमा दुःख लागेको छ ।’

bimal 1
पत्रकार बिमल नेपाल

विभिन्न चरणमा पत्राचार भएको उल्लेख उनको पक्षबाट डिसी महानगर क्षेत्रमा संचालित १ सय ३७ बर्ष पुरानो कानुन ब्यबसाय फिस एण्ड रिचार्डसन कानुनी ब्यबसायीहरुले सर्वाधिकार बिषय सम्बन्धि कानुनी लडाई लड्ने जानकारी दिए ।

उक्त मामलामा अमेरिकाको युएस कपि राईटमा दर्ता भै सकेको र उक्त फिस एण्ड रिचार्डसन कानुन ब्यबसायले निःशुल्क फोटो पत्रकार बिमल नेपालको पक्षमा कानुनी लडाई लड्ने भएका छन् भने यसको मुख्य कार्यालय बोस्टनमा रहेको छ । उक्त कानुनी ब्यबसायले अधिकार पत्र, बौद्धिक सम्पत्ति तथा अन्य मुद्धाका बिषयमा हेर्ने गरेको भएता पनि सर्वाधिकार सम्बन्धि धेरै मुद्धाहरु हेरिसकेको छ ।

गतबर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिमल नेपालद्वारा खिचिएको तस्बिर अनुमति बिना प्रधानमन्त्रीको आधिकारिक सामाजिक संजाल मुहार पुस्तिकामा राखेकोले यो बिषयले चर्को रुप लिएको थियो । यस बिषयलाई लिएर अन्तर्राष्ट्रिय, भारतीय तथा नेपाली संचार माध्यममा पनि चर्चा परिचर्चा चलेको थियो ।

bimal 2नेपाललाई अघोषित नाकाबन्दी लगाउने मोदीलाई कानुनको कठघरामा ल्याउन फिस एण्ड रिचार्डसन कानुन ब्यबसाय कानुनी लडाई लडी रहेको छ ।

फोटो पत्रकार नेपालले गतबर्ष आफैले आफ्नी छोरीको छायाचित्र मेसाचुसेट्सको क्यामब्रिज अवस्थित घरको खाना खाने स्थानमा खिचेको तस्बिरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिपावलीको समयमा अनुमति बिना उक्त तस्बिरलाई आफ्ना सम्पूर्ण प्रशंसक तथा अनुयायीहरुलाई प्रधानमन्त्रीको फेसबुकबाट पठाएका थिए ।

आफ्नो छोरीसंग खिचेको तस्बिरलाई मोदीले आफ्ना २३ मिलियन (२ करोड ३० लाख) अनुयायीमा हिस्सा गरेका थिए भने ४ लाख ९६ हजारले मन पराएका थिए । यसैगरि ४५ हजारले अन्यमा ठाउँमा शेयर गरेका थिए भने १६ हजारले टिप्पणी गरेका थिए ।

भारतका प्रधानमन्त्रीको कार्यालयबाट उक्त तस्बिर प्रयोग गर्न अनुरोध पनि नगरेकोले डिसीको कानुन ब्यबसायले पत्राचार गरेको छ ।

सुन्नुहोस् भिडियो अन्तर्वार्ताः

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चोरेको फोटोः

modi 1modi 2