नेपालको संबिधान निर्माण संगै कांग्रेस तथा मधेशी दल र संबिधान सभामा महत्वपूर्ण ठाउँमा बसेर संबिधान निर्माण संगै पार्टी संबिधान सभा संसद सबै पदबाट बाहिरिएका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संबिधानको बिरुद्द सडकमा देखा परेका छन । जसरी हुन्छ देशमा अशान्ति बनाउदै संबिधान संशोधन मार्फत भारतीय स्वार्थ पुरा गराउने काममा अग्रसर्ता देखाएको दैनिकी देखिन्छ। कहिले महोतरी कहिले धनुषा कहिले सर्लाही कहिले काठमान्डौ कहिले बुटबलल पुग्छन हरेक ठाउँमा नयाँ समय हेरेर आन्दोलनको कुरा गर्छन् । यो देश असफल राष्ट्र बनाउन उनिहरुको पुरै तागत लगाएर हिंडेको देखिन्छ हरेक दिन। मधेशी दलहरु भारतको ईशारामा छन उनिहरु सुरु देखी संबिधान सभाको खिलाफ छन त्यो कुरा सबैले बुझेकै हो । तर जुन संबिधान ८ बर्षमा बनाउन सकिएन यत्ती हतारमा बाहिर ल्याउने कांग्रेस र बाबुराम भट्टराई संविधानको मसी सुक्न नपाउदै सम्बिधानको परिवर्तन को मुद्दा उठाउन किन थाले ? कुरा यही नेर छ । अहिले थप्ने बिषय बस्तु एक दिन ढिलो गरेर थपेको भए के हुन्थ्यो ? किन यस्तो भयो ? उनिहरुलाई थाहा छ कि संघियता देशको लागि घातक सिद्द भएको छ तर पनि उनिहरु यसैमा लागि परेका छन । प्रमुख समस्या संघियता नै हो तेस्को प्रमाण हो सेर बहादुर देउवा, बिभिन्न संघ संस्थामा लागेका बौद्दिक बर्ग एमालेका पुर्व अध्यक्ष झलनाथ खनाल साथै बिभिन्न पार्टीका शिर्ष स्थानमा रहेका नेताहरुको अभिब्यक्ती काफी छ ।राष्ट्रिय जनमोर्चाले २०६३ सालदेखी संघियता नेपालको लागि ठीक ब्यबस्था होइन भनेर बाहिर सडक सदन सबै जनता माझ कुरा राख्दै आएको थियो अहिले पनि चित्र बहादुर केसीले संघियतासँग मन्त्री पद साटेको होइन भन्नु भएको छ। हामी अहिले पनि आफ्नो मतमा कायम छौ । डा. भिमार्जुन आचार्यले लामो समयदेखी संघियताले नेपाली जनताको अधिकार हनन गर्छ यो ब्यबस्थाले नेपाली हरुको सद्भाव खल्बल्याउछ भनेर लेख्नु भएको छ । तर यहाँ भएका ठुला भनिने राजनीतिक दलहरु यो बिषयमा बोल्नु ता के सुन्न पनि चाहदैनन। अब उनिहरु संबिधान सन्शोधन गरेर सीमा बिबाद मिलाउने जनसंख्या को आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने मधेशमा धेरै जनता बस्छन जो कुनै कालखन्डमा भारत बाट आएर बसेका छन। अहिले सम्म त्यो कृयाकलाप रोकिएको छैन। यदी यसो गरियो भने भोली संसद भित्र उनिहरुको बहुमत हुने छ संबैधानिक तरिका बाट उनिहरु जस्तो सुकै निर्णय पारीत गराउन सक्ने छन। पहाड जहाँ बाटो छैन बिजुली छैन
अस्पताल छैनन स्कुल जान २ घन्टा भन्दा धेरै समय हिंड्नु पर्छ खाना खाएर हिड्यो भने स्कुल पुग्दा विद्यार्थी भोकले टाट परेको हुन्छ। भोको पेट के को पढाई हुनु मन एकातिर हुन्छ पढ्ने कुरा खाली कुरैमा सिमित हुन्छ। त्यहाँ पातलो बस्ती छ जनताको प्रतिनिधित्व कम्जोर छ, चुनाव ताका उमेदवारको नाम फोटो पोस्टरमा देख्ने सिवाय उनिहरुको अरु केही देख्दैनन यहाँ तक कि हाम्रो देशको राष्ट्रपतिको नाम नै थाहा नभएका जनता पहाडमै बसेका छन त्यहाँ को प्रतिनिधित्व भएन स्वर्ग जस्तो लाग्ने हरियाली पहाड खोला नाला बन जङल हाम्रो प्रयटकिय सम्पत्ती हुन ठुला ठुला हिमाल आम्दानिको आए श्रोत हुन। यो बिषयमा कोही बोल्दैन। केवल तराइमा यो भएन त्यो भएन भनेर पहाड सँग जोडीनै नहुने कस्तो प्रदेश खोज्दैछन हामीले समय छदै बुझ्न सकेनौ भने हाम्रो देश ईतिहासको कुनै पन्नामा लेखिने छ नेपाल भन्ने देश थियो। हो हामी स्वाभिमानी छैनौ हामी आत्मनिर्भर नहुँदा सम्म स्वाभिमानी छौ भन्नु झुठ हुने छ ।
यो अवस्थामा हामी सबै नेपाली यहाँ राजनीति गर्नु भन्दा देश बचाउने पक्षमा लाग्नु पर्छ। यो समय सडक तताउने आगो लगाउने होइन यो समय सम्यमित भएर दिर्घकालिन सोच बनाएर ठीक निकास दिदै राष्ट्रियता लाई घात नगरने गरी समस्या समाधान गर्दै आँफैले लेखेको संबिधान जनताको माझमा लैजादै लागु गराउन सबै मिलेरै छलफल बाट हिंड्नु पर्ने बेलामा कहिले तरै झर्ने कहिले मधेश चाहार्ने कहिले पहाड चढ्ने यो कस्तो खाल्को बेइमानिपन हो? यो त हदै को गद्दारी हो। आँफैले जन्माएको बच्चाको घाटी निमोठ्ने काम हो यो यो बाबुराम भन्ने जन्तु यस्तो बिचित्रको जन्तु हो जो पहिलो संबिधान सभालाई मार्ने यही जनावर हो। अहिले मधेशमा गएर हिन्दिमा भाषण दिन्छन कहिले थारुहटमा नेपालीमा बोल्छन पहाड गयो खस नेपाली भाषामा बोल्छन मधेशी जनजातिको अघी पहाडीया लाई गाली गर्छन् खस बाहुन छेत्री लाई गाली गर्छन् यस्तो अवसर्वादी ब्यक्तिको पछी लाग्ने हामी निर्लज्ज नेपाली हौ कि नेपाली भन्न पनि सरम नलाग्ने ? उनी कहिले पद्मरत्न तुलाधर लाई गुहाछन कहिले मधेशी नेताको पुछर बन्छन । यस्तो बितन्डना मच्याउने लाई राज्यले सुरक्षा दिएर जनताको खूनपसिनाको अपमान गरेको छ ।
के बाबुरामको सुरक्षार्थ खटेका कर्मचारी सुरक्षा निकायमा कार्यरत कर्मचारीलाई तलब बाहुन छेत्रीले दिएका छैन? के त्यहाँ फलानोले दिएको पैसाले तलब खाँदैन भनेर कोही कही आवाज उठेको छ ? यो कस्तो गणतन्त्र हो ? जनताको घाटी काट्ने रोइस भने मारी दिन्छु भन्ने चुपलाग भनेर डराउने के यही हो नयाँ नेपाल ? के यसैको लागि हामीले राजतन्त्र फालेका हौ ? यस्तो बेइमानी छोडेर साझा कार्यक्रम राखेर जनताको हकहित अधिकारको लागि बहस गरौ जो जनपक्षिय छन त्यो लागु गरौ जो देश द्रोही राष्ट्रघाती छन तिनलाई खारेज गरौ नत्र यो नक्कली राष्ट्रवाद्को भाषण बन्द गर !!!!













प्रतिक्रिया