१ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरीले यसरी तोड्यो भारतको दादागिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apfझापा, १३ मंसिर । हतियार बोकेर नेपाल प्रवेश गरेका भारतीय सशस्त्र सीमा बल (एसएसबी)का १३ जना अधिकारीलाई नेपालस्थित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

पहिलोपटक भारतको दादागिरी तोड्दै सशस्त्र प्रहरीले हतियारै बोकेर नेपाल छिरेका एसएसबीका १३ जना अधिकारीलाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

झापाको केचना नाकाबाट नेपाल छिरेका उनीहरुलाई सशस्त्र प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरूलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरूलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरूलाई प्रक्रिया पुगाएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने छ ।

झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरू तस्करलाई लखेट्दै नेपाल छिरेपनि बाटो बिराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।

यसअघि सुनसरीको भान्टाबारीमा पनि नेपाल छिरेर एसएसबीले चार जना नेपालीमाथि गोली हानेको थियो । त्यसैको बदला लिन पनि सशस्त्र प्रहरीले एसएसबीका अधिकारीलाई पहिलोपटक समातेको हो ।