
झापा, १३ मंसिर । भारतले नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिएरहेका नेपाल छिरेका बेला भारतीय अर्ध सुरक्षा बल एसएसबीका १३ जवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले आज (आइतबार) बिहान नियन्त्रणमा लिएको छ ।
तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरूलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरूलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरूलाई प्रक्रिया पुगाएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने छ ।
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरू तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो बिराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् अनुसन्धान भइरहेको बताउनुभयो ।















प्रतिक्रिया