१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीको छोटो मन्तव्य सार्वजनिक, के-के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli Pmकाठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत् ११३६ प्रारम्भ भएको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटीले आज भृकुटीमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “नेपाल सम्बत्को नयाँ वर्ष प्रारम्भ भएको अवसरमा म यहाँहरुलाई धेरैधेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।”

‘‘चिया खान बोलाएर आयोजक साथीले भाषण सुनाएर राखिरहनुभएको छ, आज भाषण नगरौँ, साथीहरुलाई धेरै शुभकामना छ, आयोजकलाई धन्यवाद छ, चिया खानतर्फ लागौँ, मेरो मन्तव्य सकियो धन्यवाद’’– प्रधानमन्त्री ओलीले सो अवसरमा भन्नुभयो ।

लामो समयसम्म कुरेर प्रधानमन्त्रीको भाषण रेकर्डका लागि तम्तयार बन्दै गरेका सञ्चारकर्मी भाषण टुङ्गिएको सुनेपछि छक्क परेका थिए । झन्डै दुई घन्टा लामो उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले एक मिनेट १५ सेकेन्डमात्रै मन्तव्य सके पनि अरु वक्ताले भने भाषणका लागि प्रशस्त समय खर्चेका थिए । यो समयभित्र उहाँले नेवारी भाषाबाट समेत उपस्थित समुदायलाई शुभकामना व्यक्त गर्न भ्याउनुभएको थियो ।

सो अवसरमा बोल्ने वक्ताले नेपाल सम्बत्लाई सबै सरकारी कामकाजमा ल्याउन आग्रह गर्दै प्रयोगमा आइरहेको विक्रम सम्बत्को खारेजीको माग गर्नुभएको थियो ।

नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य सानु श्रेष्ठ, नेत्री सावित्रा भुसाललगायतले सम्बोधन गर्नुभएको उक्त समारोहमा नेपाली भेषभूषा र संस्कृति झल्कने गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिनुका साथै नयाँ वर्षको उपलक्ष्यमा रक्तदान गर्नुहुने महानुभावलाई प्रमाणपत्र प्रदान गरिएको थियो । रासस