१२ कार्तिक २०८३, बिहिबार

मधेसीविरुद्ध उत्रिए मधेसी, कांग्रेसको झण्डा जल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-1पर्सा, १२ मङ्सिर । मधेस आन्दोलनको विषयलाई लिएर नेपाली काँग्रेस नगर कार्यसमिति वीरगन्जले आज यहाँ निकालेको जुलुसमा सङ्घीय समावेशी गठबन्धनका कार्यकर्ताले हस्तक्षेप गरी काँग्रेस पार्टीको झन्डा जलाएका छन् ।

वीरगन्जको माइस्थान चोकबाट नगर कार्यसमितिले निकालेको जुलुस नगर परिक्रमा गरी माइस्थान पुग्दा गठबन्धनका नेता कार्यकर्ताले काँग्रेसका कार्यकर्ताको हातबाट झन्डा र ब्यानर खोसी आगो लगाएका हुन् ।

नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद पटेलले जारी मधेस आन्दोलनमा कुनै पनि पार्टीको झन्डा प्रयोगमा रोक लगाइएकाले काँग्रेसको झन्डामा आगो लगाइएको बताउनुभयो ।

यता काँग्रेसका नगर सभापति महम्मद सहाबुदिनले लामो समयदेखि चल्दै आएको मधेसको मागलाई सम्बोधन गर्न सरकारमाथि दबाब दिने उद्देश्यका साथ निकालिएको जुलुसमा मधेस केन्द्रित दलका नेता कार्यकर्ताले हस्तक्षेप गरी पार्टीको झन्डा जलाएर निन्दनीय कार्य गरेको बताउनुभयो । रासस