पर्थ, अष्ट्रेलिया । भारतीय नाकाबन्दीविरुद्ध अष्ट्रेलियामा प्रदर्शन भएको छ ।
शनिबार अष्ट्रेलियाका नेपालीहरुले भारतले नेपालमा लगाएको अमानवीय नाकाबन्दीविरुद्ध पर्थ शहरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा बिभिन्न प्रकारका नारा लेखेका तुल र झन्डासहित ‘हामी आफै सक्षम छौ, तिम्रो साथ चाँहिदैन’ भन्दै नाराबाजी गरिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएन) वेष्टर्न अष्ट्रेलिया र नावाले संयुक्त रुपमा आयोजना गरेको बिरोधमा प्रदर्शनमा ‘आर्थिक नाकाबन्दी बन्द गर, गैरकानुनी र गैरन्यायिक नाकाबन्दी बन्द गर’ लगायतका सन्देश लेखिएका तुल र झन्डा बोकेका नेपालीहरु प्रर्दशनमा सहभागी भएको एनआरएन अन्तर्राष्ट्रियका समन्वय समितिका पूर्व सदस्य भैरब ढकालले जानकारी दिनुभयो ।



















प्रतिक्रिया