युएई, दुबई । गत शुक्रबार २७ नोभेम्बर २०१५ का दिन शारजाह को इतिहात पार्कमा यस पाल्पाली समाज युएईको शारझाह क्षेत्रिय् समिति गठन सम्पन्न भएको छ । पाल्पाली समाज युएईका अध्यक्ष खुम बहादुर आले को अध्यक्षतामा बसेको भेला मा प्रमुख अतिथि को रुपमा कृष्ण आचार्य हुनुहुन्थ्यो भने बिसेष अतिथिमा कलाकार हरि डुम्रे अतिथिहरु कृष्ण आचार्य, कैलाश अर्याल, बिष्णु बश्याल, युबराज भट्टराई, श्रीधर बश्याल, चन्द्र बहादुर आले रहेको कार्यक्रमको संचालन सस्थाका महासचिब बेद प्रसाद अर्यालले गरेका थिए ।
रोजगारी को सिलसिलामा मा युएई आएका नेपाली हरुले २ बर्ष आगाडी देश तथा विदेशमा रहेका नेपाली हरुको सहयोग को लागि खोलिएको पाल्पाली समाज युएई आज आएर फुजेरा, रसलखेमा लगायतमा छेत्रीय समिति गठन गर्दै आज शारजाहमा पनि श्रीधर न्यौपाने को अध्यक्षतामा २१ सदसिय कमेटी गठन गरेको छ । जसको उपाध्यक्षमा क्रमस रमेश बश्याल, नर बहादुर दर्लामी छन् भने सचिब खेम बहादुर ब्याम्बु कोषाध्यक्ष राम प्रसाद बश्याल सह कोषाध्यक्ष अर्जुन बश्याल तथा सस्द्यहरुमा लाल बहादुर परिवार, टेक बहादुर बोटे, रुद्र सिं पल्ली, राम प्रसाद भुसाल, नेत्र बहादुर, इन्द्र नारायण श्रेष्ठ, कमल थापा, डोलराज बश्याल, खुम नाथ तिमिल्सेना, चन्द्र कान्त बश्याल, रमेश बश्याल, पुर्सोत्तम पराजुली, कृष्ण प्रसाद घिमिरे। पुर्ण बहादुर रायमाझी, जंग बहादुर सारु, खड्क सिङ बराल रहेका छन् ।
अतिथिहरुबाट नयाँ कार्य समितिलाइ कार्यकालको शुभकामना दिदै यसै गरि अन्य सबै ठाउमा छेत्रीय कमेटी गठन होस् भन्ने धारणा व्यक्त गरेका थिए । नब निर्बाचित अध्यक्ष श्रीधर न्यौपाने ले केन्द्रिय कमेटीले दिएको सम्पूर्ण कामलाई जिम्मेवारी का साथ निभाउने प्रतिबदता जाहेर गरेका गरेका थिए ।
















प्रतिक्रिया