– नरेन्द्रसिह कार्की
दार्चुला, ११ मंसिर । तराईमा भइरहेको नाकाबन्दीको असर पहाडी जिल्ला दार्चुलामा पनि देखिन थालेको छ ।
जिल्लास्तरीय खाद्य सुरक्षा समितिका अनुसार जिल्लामा गहुँ दाल लगायतका खाद्य वस्तुको मूल्य आकाशिएको छ । गत वर्षको चौमासिक तथ्यांक भन्दा यसवर्ष गहुँ दाल लगायत खाद्य वस्तुको मूल्य झण्डै १२ दशमलव ५ प्रतिशतले बृद्धि भएको छ, कृषि विकास कार्यालय दार्चुलाका योजना अधिकृत एवं सूचना अधिकृत महेशचन्द्र जोशीले भने । यहि तुलनामा मूल्य बृद्धि हुने हो भने, ‘माघ फागुनसम्म जिल्लाका अधिकांश गाविसमा खाद्यान्न संकट हुनेछ ।’
जिल्लाको खाद्य अवस्थाबारे समीक्षा गर्न बसेको समितिको बैठकमा असार, साउन, भदौ र असोज महिनाको खाद्य स्थितीबारे समीक्षा भएको छ । समितिले चार–चार महिनामा खाद्यान्न अवस्थाबारे समीक्षा गरि आवश्यक कार्यक्रम तर्जुमागर्ने गर्दछ ।
अबको समय खाद्य असुरक्षित हुने समय हो जोशीले भने, यसअवधिमा धान, मकै भित्रिनु तथा दशैको समयमा बाह्य देशबाट रेमिटेन्स भित्रिएको कारण खाद्य जोखिम हुन सकेन ।
अबको चार महिनामा खाद्यान्न बाली भित्रिने समय हैन अधिकृत जोशीले भने विदेशी रेमिट्यान्स पनि भित्रिदैन, झन अहिले तराइको बन्दको कारण दैनिक उपभोग्य वस्तुमा समेत हाहाकार हुन थालेको छ ।
बन्दले जिल्लामा उपभोग्य वस्तु चाउँचाउ समेत अभाव छ । ग्याँस र इन्धनको अभाव अर्कोतिर छ । गाउँमा आम्दानीको श्रोत पनि नहुने हुँदा खाद्यान्न समस्या देखिने समितिले जनाएको छ ।
















प्रतिक्रिया