३० आश्विन २०८३, शुक्रबार

बाबुरामले गरे मञ्च परित्यागको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dubai

– भुपराज बस्याल

यूएई । संस्थाले आफ्ना भावना र मर्म अनुरु काम गर्न छोडेको भन्दै हेल्प राईज फोरम (सहयोग उत्थान मञ्च)का उपाध्यक्ष्य बाबुराम बिश्वकर्मा सहित ५५ जनाले संस्था परित्यागको घोषणा गरेका छन् ।

दुबईको बरदुबईस्थित होटेल सिन्दिपन्जापमा पत्रकार सम्मेलनको आयोजना गरि सामूहिक रुपमा संस्था परित्यागको घोषणा गरिएको थियो । आज भन्दा दुई वर्ष पहिला जातिय मुदा उठान गर्न स्थापना भएको संस्थाले अन्तिम चरणमा आएर बर्गीय मुद्दालाई आफ्नो प्रमुख मुद्दा बनाएको हुदा आफूसंग बहुमत हुदाहुदै पनि उक्त सस्थामा बस्न उपयुक्त नहुने भन्दै सस्था परित्याग गरिएको उपाध्यक्ष्या बाबुराम बिश्वकर्माले बताए ।

अब तपाईहरुको मार्ग कता तिर जान्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो– हामी यतिकै बस्दैनौ जातिय मुद्दा उठान गरेर छुवाछुट मुक्त समाज निर्माण गर्नु हाम्रो प्रमुख उद्देश्य रहने छ । यस्तो समाज निर्माणमा लाग्नु अबको हाम्रो यात्रा रहने छ, जातिय उत्थानका मुद्दा उठान गर्नेहरुसंग सहकार्य गर्दै हामी आगाडी बढ्ने छै ।’

छोटो समयमै विभिन्न देशमा शाखाहरु स्थापना गर्न सफल यस सस्थाका केन्दिय उपाध्यक्ष, महाचिब लगायत दुबईको कार्यसमितिका ५५ जानले संस्था परित्यागको घोषणा गरेका थिए ।