सुरुङ्गा (झापा), ११ मङ्सिर । बिनाकागजात सञ्चालनमा ल्याइएका चारवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको छ ।
भारतका विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका मोटरसाइकल नेपालमा प्रयोग भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरले बिहीबार खोजी गरी चार मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएका मोटरसाइकल बजाज कम्पनीको पल्सर, टिभिएस सुजुकी, हिरो होन्डा स्प्लेन्डर र होन्डाको एक्टिभा रहेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक राकेश पोदारका अनुसार नक्कली कागजात बनाई ती मोटरसाइकल भद्रपुर क्षेत्रमा लामो समयदेखि प्रयोग भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले खोजी अभियान थालेको हो । रासस















प्रतिक्रिया