
बागलुङ, ११ मङ्सिर । काठमाडौँदेखि बुर्तिवाङका लागि छुटेको ना ४ ख ९२१७ नंको यात्रुवाहक बस आज बिहान बिहुँमा दुर्घटना हुँदा चौध यात्रु घाइते भएका छन् ।
बिहुँ–५ किम्बोटमा बिहान ६ बजे भएको दुर्घटनाका घाइतेको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये मीनु कुँवर, जुटप्रसाद शेरचन र कृष्ण आचार्यको अवस्था गम्भीर छ । बसमा २५ यात्रु सवार थिए । अन्य यात्रु सकुशल रहेको उद्धारमा समेत खटिनुभएका प्रहरी निरीक्षक तामाङले बताउनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोे छ । रासस














प्रतिक्रिया