म्याग्दी, १० मङ्सिर । नेपाली सेनाले म्याग्दीको कुहुँ–१ पूर्णगाउँमा रहेको जनआवाज प्राविको भूकम्पबाट क्षतिग्रस्त भवन पुनःनिर्माणको काम सुरु गरेको छ ।
गत वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण विद्यालयको भवन क्षतिग्रस्त बनेपछि त्यहाँका विद्यार्थी अस्याथी टहरामा अध्ययन गर्दै आएका थिए ।
अर्थुङेस्थित इन्द्रबक्स गणबाट सहसेनानी दिपेश थापाको नेतृत्वमा ३० जना जवानको टोलीले भवन बनाउने काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक सुनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । टोलीले पाँच दिनसम्म विद्यालयलाई सहयोगार्थ श्रमदान गर्नेछ ।
भूकम्पबाट भवन क्षतिग्रस्त बनेपछि गण र बेनीस्थित ओमकुमारी शान्ति कोषले अस्याथी रुपमा टहरा निर्माणका लागि सहयोग प्रदान गरेको थियो । एकसय दुईजना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा भवन पुनःनिर्माण हुने भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् । रासस














प्रतिक्रिया