– सुधासुमन ढकाल
दाङ, १० मंसिर । दाङका स्थानीयले गाउँमा फोहोर फाल्न रोक लगाएका छन् । तुलसीपुर ११ अश्वाराका स्थानीयहरुले तुलसीपुर नगरपालिकाले जथाभावी रुपमा फालेको फोहरका कारण दुर्गन्ध फैलिदा बस्न सक्ने अबस्था नरहेको भन्दै तुलसीपुर बजारबाट फोहर लिएर गए गाडिलाई फर्काएका हुन् ।
तुलसीपुर बजारबाट संकलन गरेर लगेको फोहर छरपष्ट रुपमा फालेका कारण दुर्गन्ध र झिंगा भन्कीएर बस्न ग्राहो भएको, फोहर पाल्ने ठाउँ देखि १०/१५ मिटर टाढाको दुरीमा रहेका डम्बर बस्नेतले बताउनुभयो । तुलसीपुर नगरपालिकाले एक जना स्थानीयसंग समन्वय गरेर उनकै जग्गामा विगत डेढ महिनादेखि फोहर फाल्दै आएको छ ।
एक जना व्यक्तिका कारण सिंगो गाउँका हजारौ नागरिकको स्वास्थयमा प्रतिकूला असर पुग्ने भन्दैबीच गाउँमा कुनै पनि हालतमा फोर फाल्न नदिने स्थानियले बताएका छन् । ‘एक पटक गाडी फर्काइ दिएका छौ बल प्रयोग गरेर पुनः फोहर ल्याएमा जलाइदिन्छौ,’ स्थानिय टोपबहादुर विकले चेतावनी दिँदै भन्नुभयो ।
यता तुलसीपुर नगरपालिकाले स्थानीयले लगाएको आरोप गलत भएको बताएको छ । वातावरण शाखाका खिमकान्त पाण्डेले तुलसीपुरबाट लगेको फोहरलाई फाल्ने बित्तिकै माटो र गिट्टीले पुरेर किटनासक औषधी छिट्ने गरेको बताउनुभयो । वातावरण प्रदुषण हुन नदिन स्थानिय एक जनलाई ज्यला दिएर औषधी छिट्न त्यही खटाएको उहाँले बताउनुभयो ।
स्थानियले अबरोध गरे पछि बजारबाट निस्कने दैनिक ८/१० टन फोहरको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता नगरपालीकालाई परेको छ । फोहर व्यवस्थापनका लािग नगरपालिकाले बर्षेनी ५० लाख रुपैया भन्दा बढी खर्च गर्ने गरेको छ ।
फोहरबाट मोहर निकाल्ने काममा नगरपालिकाले ध्यान नदिदा जुन सुकै ठाउँमा फोहर फाल्न गए पनि नगरपालिकालाई त्यहाँका जनताले अबरोध पुर्याउने गरेको तुलसीपुर नगरपालिका पूर्व उपमेयर घनश्याम पाण्डेले बताउनुभयो । यो नगरपालिका मात्रैको भन्दा पनि सिंगो नगरबासीको समस्या भएको भन्दै उहाँले यसको दिर्घ समाधानका लागि फोहर फाल्ने र फालिमाग्नै दुबैलाई फाइदा पुग्ने काममा ध्यान दिनुपर्ने बताउनुभयो ।














प्रतिक्रिया