काठमाडौं, ९ मंसिर । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइलको हराएको वा बिग्रेको सिम/रिम कार्ड परिवर्तन गर्दा लाग्ने शुल्क घटाएको छ ।
सिम र रिमकार्ड परिवर्तन गर्दा टेलिकमले यसअघि एक सय रुपियाँ लिने गरेको थियो । अब ५० रुपियाँ मात्रै लिने टेलिकमले जनाएको छ ।
घटेको शुल्क मंसिर १० गतेदेखि लागू हुनेछ । रिचार्ज नगरी म्याद गुज्रेका पुल वा फ्रोजन हुने अवस्थामा पुगेका सिम र रिम कार्ड पुनः एक्टिभेट गर्दा ९० रुपियाँ लाग्ने व्यवस्था गरिएको छ ।
एक्टिभेसन शुल्क दुई सय रुपियाँ लाग्दै आएको थियो । एक्टिभेट गरिएका सिम वा रिममा ५० रुपियाँ टक टाइम हुने जानकारी पनि टेलिकमले दिएको छ ।















प्रतिक्रिया