१२ कार्तिक २०८३, बिहिबार

कांग्रेस, एमाओवादी र विप्लवका सयौं कार्यकर्ता एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhagwat bishwasi

– सुधासुमन ढकाल

दाङ, ९ मंसिर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य भागवत विश्वासीले भारतीय नाकाबन्दस्ले नेपालीको आँखा खुलेको बताउनु भएको छ ।

नेपालीले आफ्ना लागी आफै संविधान बनाए पछि नाकाबन्दी ब्यहोर्नु परेको भन्दै उहाँले बरु एक छाक खाने तर राष्ट्रिय अस्मिता रक्षाका लागी नझुक्ने बताउनुभयो ।

नेकपा एमाले तुलसीपुर वडा नम्बर १० दाङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद समेत रहनुभएका विश्वासीले अब भारत नेपाल सामु नझुक्ने बताउनुभयो ।

भुपरिवेष्ठित देशले पाउने पारवहान अधिकार प्रयोग गरेर भारतकै बाटो भएर आबश्यक सामान ल्याउने उहाँले दावी गर्नुभयो । सो अबसरमा विप्लव नेतृत्वको नेकपा माओवादी जिल्ला सदस्य विजय विक र मंगल विकको नेतृत्वमा एक सय पाँच जना, एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य वेद बहादुर विकको नेतृत्वमा ४ जना र नेपाली कांग्रेसका ३ जना गरी एक सय बाह्र जना नेता कार्यकता एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुले एमालेको नीति कार्यक्रम र विचारले आफुहरु आकर्षित भएको बताएका थिए ।