– रबिना बोहरा
बागलुङ, ८ मंसिर । शिक्षक पेशा र राजनिति छाडेर बागलुङ जिल्लाका रेशम गिरि व्यवसायिक च्याउ खेती तर्फ लाग्नुभएको छ ।
बजारको पेन्सन क्याम्पमा विगत ५ बर्ष देखि च्याउ खेती गर्दै आउनुभएका गिरि व्यवसायिक रुपमा नै च्याउ खेतीमा लागेको बताउनुभयो । ५ बर्षको अवधिभर विभिन्न समुहमा खेती गरेपछि अहिले २ जनाको समुहमा पेशामा आवद्ध भएको बताउनुभयो । गत बर्ष ३ जनाले ६० हजारको लगानीमा च्याउ खेती गर्दा सबै खर्च कटाएर १÷१ लाख विभाजन गरेको बताउनुभयो । बागलुङ बजारमा उत्पादन भएको च्याउ बजारमा नै उपुग हुने भन्दै परिश्रम गर्ने हो भने आम्दानी राम्रो गर्न सकिने बताउनुभयो । मेहनत गरे स्वदेशमा पनि राम्रो आयआर्जनको काम गर्न सन्निे भन्दै उहाहरु अहिले च्याउ खेती तर्फ लाग्नुभएको हो ।
३५ दिनमा बजारमा लग्न सकिने गरि उत्पादन हुने च्याउको बजारका लागी कुनै समस्या नभएको गिरिले बताउनुभयो । शिक्षक पेशा र राजनितिमा धेरै समय लाग्नुभएका गिरिले बैदेशिक रोजगारमा जाने रुचि कहिलै नभएको बताउनुभयो । जाडो मौसममा खेती राम्रो र छिटो उत्पादन गर्न सकिने भएता पनि बेमौसमी उत्पादनका लागी प्रयाप्त तालिम हुने हो भने अन्य समयमा पनि आम्दानी गर्न सकिने उहाको भनाई छ । अन्य समयमा रोगको उपचार र थप तालिम आफुहरुलाई आवश्यक रहेको पनि बताउनुभयो । गिरिले उत्पादन गर्दै आउनुभएको पराले च्याउ पकाएको परालको पोकामा ढुँसी जमाएर उत्पादन गर्न सकिन्छ ।
यस वर्ष उहाहरुले २ वटा टनेलमा करिब ३ सय पोका राखी च्याउ उत्पादन गर्नुभएको छ । एउटा पोकाबाट दुईदेखि साढे दुई किलोसम्म च्याउन उत्पादन गर्न सकिने उहाले बताउनुभयो । बजारमा प्रतिकिलो ३ सय रुपैयाँसम्म बेच्ने गरेको पनि उहाले जानकारी दिनुभयो ।
















प्रतिक्रिया