१२ कार्तिक २०८३, बिहिबार

एकसय दिनमा ९५ प्रेस स्वतन्त्रता हननका घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fnjकाठमाडौँ, ८ मङ्सिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ९५ वटा घटना तराई÷मधेसमा जारी आन्दोलनको सय दिनमा भएका छन् ।

नेपाल पत्रकार महासङ्घले आज जारी गरेको विज्ञप्तिमा सो क्रममा महासघले गरेको मिडिया अनुगमनमा पत्रकारमाथि आक्रमणका २२, दुव्र्यवहार, हातपातका २२, धम्कीका ११, सञ्चारमाध्यममा धम्की तथा आक्रमण चार, पक्राउ दुई, प्रकाशन प्रसारणमा अवरोध एक, प्रकाशन प्रसारण बन्द एक, सवारी साधन तोडफोड तथा आक्रमण सात र स्वतन्त्र पत्रकारितामा अवरोधका २५ घटना भएको जनाएको छ ।

महासङ्घले गरेको अनुगमन र महासङ्घको नेतृत्वमा तथा अन्य संस्थासँगको सहकार्यमा गरिएका स्थलगत भ्रमण तथा मिसन टोलीको प्रतिवेदनअनुसार सो क्षेत्रमा पत्रकार तथा सञ्चारमाध्यम आन्दोलनकारी र सुरक्षा निकाय दुवैको निशानामा परेको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यस्तै सवारी साधनको आवागमन, इन्धन, न्युजप्रिन्टलगायतका कच्चापदार्थको अभावले पनि उत्तिकै समस्या खडा गरेको छ । तराइ मधेसमा सञ्चालित सञ्चारमाध्यम सेल्फसेन्सरसीप र पत्रकारहरु भौतिक असुरक्षाको चर्को मारमासमेत परेको सो अनुगमन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा आन्दोलन भइरहेको क्षेत्रमा पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न, प्रेसलाई निर्वाधरुपमा आवागमनको व्यवस्था मिलाउन, स्वतन्त्र पत्रकारिताको अभ्यासलाई अवरोध नगर्न, कच्चापदार्थको व्यवस्था गर्न सरकार र आन्दोलनकारी पक्षलाई अपिल गर्दै महासङ्घले पत्रकारिताका मान्य सिद्धान्त र पत्रकार आचारसंहिताबाट कुनै पनि हालतमा विचलित नहुन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । रासस