१ कार्तिक २०८३, शनिबार

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecomकाठमाडौँ, ८ मङ्सिर । काठमाडौँ महानगरपालिकास्थित बल्खुको कुमारी क्लब नजिकै टेलिफोन सञ्चार सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमको करिब ५०० मिटर केवल तार गए राति चोरी भएपछि हाल टेलिफोन लाइनको सेवा बन्द भएको हो । त्यस क्षेत्रका करिब ४०० घर धुरी अहिले टेलिफोन तथा त्यसबाट सञ्चालन हुने एडिएसएल इन्टरनेट सेवा प्राप्त गर्नबाट वञ्चित भएका छन् ।

खम्बामा राखिएका तीन झुप्पा मोटा केवल तार काटिएपछि रातिदेखि नै चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बल्खुका प्रहरी नायब निरीक्षक अमर राउतले कवाडी सामग्री खरिद बिक्री हुने बल्खु वरपरका क्षेत्रमा निगरानी राखिएको जानकारी दिनुभयो । रासस