
चितवन, ८ मंसिर । नेपाल-भारतस्थित नेपालगञ्ज नाका भएर भित्रिएको हवाई इन्धन बीच बाटोमै बेचिने गरेको खुलासा भएको छ ।
सोमबार भारतबाट भित्रिएको हवाइ इन्धनलाई चितवनमा अवैधरूपमा बेच्न लागेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । चितवनको नारायणगढ बेल्चोकमा तेल बेचिरहेका बेला ना २ ख ४३६५ नम्बरको ट्यांकरसहित चार जनालाई प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेहरुमा नारायणगढ बेलचोकका विनोद अवस्थी, उनका एकजना कामदार, कालोबजारीको मध्यस्थता गरेका वीरगञ्जका किशोर पटेल र सवारी चालक मकवानपुर काँकडा–४ का सोमलाल ब्लोन रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सत्यनारायण थापा नेतृत्वको टोलीले इन्धनसहित ८ बजेतिर समातेको थियो ।
प्रहरी पुगेलगत्तै तस्करहरुले ५० हजार रुपैयाँ घुस दिने र घटना सार्बजनिक नगरिदिन आग्रह समेत गरेको चितवन प्रहरीले जनाएको छ । तर, प्रहरी निरीक्षक थापाले घुस वाफत दिन लागेको ५० हजार रुपैयाँसहित चारै जनालाई पक्रेर प्रहरी कार्यालय पुर्याएका हुन् । उक्त हवाई इन्धन नेपालगञ्जबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै थियो ।















प्रतिक्रिया