१ कार्तिक २०८३, शनिबार

भारतीय नाकाबन्दीप्रति अमेरिकी सिनेटरको गम्भीर चासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Benjiyamin– विजय थापा

वाशिंगटन डिसी, ८ मंसिर । भारतले गरेको अघोषित नाकाबन्दी र अमानवीय ब्यबहारविरुद्व जारी बिरोध प्रदर्शनलाई अमेरिकाले पनि चासो व्यक्त गरेको छ ।

अमेरिकाको म्यारिल्याण्ड राज्यका सिनेटर बेन्जामिन एल कारडीनले नेपाली समुदायलाई पत्र लेख्दै नेपाल र नेपालीको हितको लागि समर्थन गर्ने पत्रमार्फत जानकारी गराएका हुन् । उनले आफ्नो पत्रमा हालसालै सयुक्त राष्ट्र संघले नेपालले भोगिरहेको डरलाग्दो मानवीय संकटको बारेमा चेतावनी दिएको कुराको संस्मरण गराएका छन् । उनले पत्रमा नेपाल भूकम्पको प्रभाबले आक्रान्तबाट मुक्त नभइ सकेको अवस्था हुँदाहुँदै हाल आएर खान पकाउने इन्धन, खानेकुरा, ओखतिको चरम अभाव तथा राजनैतिक झगडाको कारण हुन गएको बिद्यालय बन्द जस्ता बिषय तुरुन्तै समाधान गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

तराई क्षेत्रमा झन्डै १५ लाख बालबालिका पाठशाला जानबाट बन्चित भएको सयुक्त राष्ट्र संघ बालकोषले उद्धृत गरेको जनाउँदै उनले पत्रमा युवाहरु नेपालको भबिस्य निर्माण गर्ने काममा अहम भूमिका निर्वाह गर्ने छन् भनेका छन् ।

साथै, आफूले संसदमा नेपालको पुनर्निर्माणमा सहयोग गर्ने हेतुले नेपाल पुनर्निर्माण कानुनको सुरुवात गरिसकेको उनले बताएका छन् । आफू र सिनेटर मार्क किर्क नेपालको पुनर्संरचना बिद्यालय ,बाटोघाटो तथा भविष्यमा प्राकृतिक प्रकोपबाट अपनाउनु पर्ने साबधान सम्बन्धी आदिमा समर्थन गर्ने र सहयोग गर्ने उनले आश्वासन दिएका छन् ।

सिनेटर बेन्जामिनले ‘नेपालको सिमा क्षेत्रमा भैरहेको समस्याको कारणले भूकम्पको प्रभावबाट अवस्थामा गुजरिएको देशमा खाना, आश्रय तथा ओखती जस्ता चीज शिघ्र आवश्यक हुने हुनाले तुरुन्तै चाजो मिलाउनुपर्ने’ पत्रमा उल्लेख गरेका छन् । मानवीय सहयोग तथा आवश्यक सामग्री नेपाल भित्रिनुपर्ने उनको भनाइ छ ।

सिनेटर मेन्जामिनले पठाएको पत्र भर्जिनिया राज्यका लाउडन काउन्टीका डलस जिल्लाका डेमोक्राटिक दलका सभापति हरि शर्माले नेपाली समुदायको प्रदर्शनमा पढेर सुनाएका थिए । बेन्जामिन एल कारडीन म्यारिल्याण्ड राज्यका डेमोक्राटिक दलका एक सशक्त तथा वरिष्ट प्रभावकारी सिनेटर भएको शर्माले बताए ।