काठमाडौँ, ७ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज शिष्टाचार भेट गरी नेपाल जापानको असल मित्र भएको बताउँदै जापानले नेपाललाई गर्दै आएको सहयोग जारी राख्ने स्पष्ट गर्नुभयो ।
उपराष्ट्रपति कार्यालय, बहादुर भवन आज भएको भेटवार्तामा उपराष्ट्रपति पुनले नेपाल जापान सम्बन्ध धेरै पुरानो भएको र दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म बलियो बनेर जाने बताउँदै भूकम्पपछि नेपाली जनताले भोगिरहेको दुःखमा जापानले महत्वपूर्ण सहयोग गरेकामा धन्यवाद दिनुभएको उपराष्ट्रपतिका स्वकीय सचिवालयका सहसचिव तुलसी डाँगीले जानकारी दिनुभयो ।
भेटमा भारतीय नाकाबन्दीबाट उत्पन्न परिस्थिती र समाधानका लागि जापानको सहयोगबारे छलफल भएको थियो । रासस















प्रतिक्रिया