१२ कार्तिक २०८३, बिहिबार

मधेस आन्दोलनमा साथ पहाडी समुदायलाई मधेसी मोर्चाको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morcha-Meeting-Jiवीरगञ्ज, ७ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनमा साथ दिन पहाडी समुदायलाई आग्रह गरेको छ ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मधेसी मोर्चाका नेता राजेन्द्र महतोले पहाडको पीडामा मधेसले सधैं साथ दिँदै आएको भन्दै उनले अब पहाडका जनतासँग पनि मधेसलाई साथ दिन आग्रह गरेका हुन् ।

नाकाबन्दी र आन्दोलनले परेको दुःखप्रति आफू पनि दुःखी भएको बताउँदै महतोले सरकारलाई दबाव दिन सम्पूर्ण नेपाली जनताले भुमिका खेल्नु पर्ने उनको भनाई छ ।

उनले सरकारले राजनैतिक निकासको ठाउँमा अब नेपाली सेनाको बन्दुकको बलमा निकास खोज्न लागेकोमा सेनालाई त्यसमा नफस्न आग्रह गरे ।