मोरङ, ७ मंसिर । मोरङ र सुनसरीलाई प्रदेश नम्बर १ बाट टुक्राए जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने मोरङको उर्लावारीमा आज आयोजित खबरदारी सभामा सहभागी राजनीतिक दलका नेताहरुले चेतावनी दिएका छन् ।
मोरङको उर्लाबारीमा आज क्षेत्रिय स्तरको नागरिक संघर्ष समितिले आयोजना गरेको बृहत ¥यालीपछि भएको खबरदारी सभालाई सम्बोधन गर्दै उनीहरुले सो कुरा बताएका हुन् ।
सभामा सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ९ का सभापति खड्ग फागोले मोरङ र सुनसरीलाई कुनैपनि हालतमा टुक्राउन नदिने र त्यस्तो प्रयास भए परिणाम राम्रो नहुने चेतावनी दिनुभयो । उहाँले राजनीतिक दलका नेताहरुले पार्टीगतभन्दा माथि उठेर राष्ट्रियताको पक्षमा लड्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङ क्षेत्र नं. ९ का अध्यक्ष गंगाप्रसाद बास्तोलाले भारतको दादागिरी र मधेसी मोर्चाको अराजक गतिबिधीको कारण मुलुक संकट उत्पन्न भइरहेको उल्लेख गर्नुभयो । मोरङलाई प्रदेश नम्बर १ बाट एक इन्च पनि टुक्राउन नदिने उहाँले उद्घोष गर्नुभयो । भारतले नेपालमा गिद्धे नजर लगाई मधेसी मोर्चालाई उचालेरु आफ्नो स्वार्थ सिद्ध गर्न आन्दोलन चलाइरहेको समेत उहाँले आरोप लगाउनुभयो ।

त्यस्तै एमाओबादीका नेता लक्ष्मी पौडेल विवेकले राष्ट्रियताको पक्षमा सम्पूर्ण नेपालीहरु एकजुट हुनु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले झापा, मोरङ र सुनसरीमा भइरहेको सद्भावलाई बिथोल्ने प्रयास भए, त्यसबिरुद्ध आन्दोलनको आँधिहुरी सिर्जना हुन सक्नेतर्फ सचेत रहन आग्रह समेत गर्नुभयो ।
त्यस्तै राप्रपा नेपालका उर्लाबारी अध्यक्ष राजेन्द्र कार्कीले मोरङ र सुनसरीलाई कुनैपनि हालतमा टुक्राउन नहुने बताउँदै त्यसबिरुद्ध सबैको एकताको खाँचो रहेको बताउनुभयो ।
त्यस्तै उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले भारतको नाकाबन्दी र मोरङ तथा सुनसरी टुक्राउने दुस्प्रयास नगर्न आग्रह गर्नुभयो । कार्यक्रम संघर्ष समितिका संयोजक गंगा खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उर्लावारी चौकबाट हाटखोला पुगेर बरगाछी हुँदै पुन ः उर्लाबारी चोकमा आएर सम्पन्न भएको खबरदारी र्यालीमा पूर्वी मोरङका हजारौ स्थानिबासीको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया