
– सन्तोष कुमार
सिरहा, ७ मंसिर । सिरहाको लहानमा प्रहरी र प्रदर्शनकारीबीच केहिबेर अघि झडप भएको छ । झडपमा करिब आधा दर्जन प्रदर्शनकारी घाईते भएका छन् ।
संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका लहान संयोजक कृष्णबहादुुर यादब लगायतका आधा दर्जन बढी प्रदर्शनकारी घाईते भएका हुन् । घाईतेहरुको उपचार लहानस्थित विभिन्न असप्तालहरुमा भईरहेको छ । अहिले लहानको अवस्थता तनाबग्रस्न बनेको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिएर प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेका छन् । अहिले लहानस्थित राजमार्गमा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ । तरपनि आन्दोलनकारीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।
राजमार्ग खुुलाउने क्रममा आईतवार राति प्रहरीले आन्दोलनकारीलाई लखेटेर भगाए । त्यसपछि आन्दोलनकारीहरुले पकाएको खानामा प्रहरीले बालुुवा हालेको भन्दै आज विहानैदेखि आन्दोलनकारीहरु आक्रोसित बनेको थियो । आक्रोसित आन्दोलनकारीहरुले प्रहरी कार्यालय अगाडी टायर बाल्न खोज्दा झडप भएको छ ।
यसैविच तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला सचिव राकेश झाले प्रहरीले उभेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर हरि ओझाले जर्वजस्ती नियन्त्रणमा लिएर कुुटपिट गरेको आरोप लगाएका छन् ।

















प्रतिक्रिया