३० आश्विन २०८३, शुक्रबार

भारतीय नाकाबन्दीविरुद्ध स्वीडेनमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi Ko Birodha London Nepali

स्वीडेन । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनले भारतद्वारा गरिएको अमानवीय नाकाबन्दीबिरुद्ध आइतबार स्वीडेनको राजधानी स्टकहोल्ममा शान्तिपूर्ण बिरोध प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ ।

सो प्रदर्शनमा स्वीडेनमा अवस्थित नेपालीहरु, समाजिक संघ संस्था हरुको सहभागिता थियो ।भारतले नेपालको पारवहन सम्वन्धि अधिकार, अनि कैयौं अन्तराष्ट्रिय सन्धि सम्झौताको समेत वेवास्ता गरिरहेको र भारतको षडयन्त्रलाइ अन्तराष्ट्रिय स्तरमा उदाङ्गो पार्ने अनि देशभित्र आपसी एकता र सदभाव कायम राख्न बिरोध प्रर्दशन गरिएको हो ।

भारतको षड्यन्त्रलार्इ संसारको सामु पर्दाफास गर्ने योजना अनुसार राजधानी स्वीडेनमा पनि नेपाली समुदायको विचमा कार्यरत गैर–आवासीय नेपाली संघले शान्तिपूर्ण विरोध प्रदर्शन गरी भारत सरकारलाई दबाबदिन सो कार्यक्रम गरिएको एनआरएन स्वीडेनका  अध्यक्ष चिरन्जिबी खरेलले प्रस्ट पार्नुभयो ।

आफ्ना दैनिक कार्य ब्यस्तता र व्यबसायलाई थाती राखि मातृभूमिमा भारतद्वारा गरिएको अमानवीय नाकाबन्दीको बिरुद्दको प्रदर्शन कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनिहरु, संघ संस्थाहरु तथा पत्रकार मित्रहरु लगायत सबैमा एनआरएन, स्वीडेनले धन्यबाद तथा आभार व्यक्त गरेको थियो ।