
भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरबाट काठमाडौँ जाँदै गरेको महाकाली यातायात समितिको ना५ख ४०५७ नम्बरको बस नवलपरासीको गैँडाकोटमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटना सोही बसका सहचालक भीमदत्तनगरपालिका–६ का सन्तोष शाह र एक सैनिक जवानको मृत्यु भएको महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते दस जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त बस ट्रकसँग ठक्कर खादा दुर्घटनामा परेको बताइएको छ । रासस















प्रतिक्रिया