धनगढी, ६ मङ्सिर । कैलालीमा गरिएको जिप आगजनीको घटनामा संलग्न भएको भन्दै प्रहरीले पाँच जनालाई आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले स्थानीयवासी फुलराम चौधरीसहितका व्यक्तिलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिनुभयो ।
थरुहट/थारूवान् पक्षधरले गरेको बन्द आह्वानका क्रममा भएको जिप तोडफोडको घटनामा बन्दकर्ता नै संलग्न रहेको विष्टले बताउनुभयो । घटनामा संलग्न हुनेहरुको पहिचान भइसकेको बताइएको छ ।
कैलालीको भजनी-त्रिशक्ति नगरपालिका क्षेत्रको सामुदायिक वन परिसरमा रोकिराखेको से१त१०४६ नंको स्कारपियो जिपमा मोटरसाइकलमा आएका व्यक्तिले आगो लगाएका थिए । नजिकै रहेको वसन्ता वन क्षेत्रको वातावरण अध्ययन गर्नेहरुको टोलीले भाडामा प्रयोग गरेको उक्त जिप आगजनीवाट पूरै क्षति पुगेको छ ।
थरुहट/थारूवान् पक्षधरले शनिबारदेखि अनिश्चितकालीन बन्दको आह्वान गरेको भए पनि त्यसको कैलालीमा प्रभाव न्यून देखिएको छ । रासस















प्रतिक्रिया