– सन्तोष कुुमार
सिरहा, ६ मंसिर । संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सिरहाको लहानमा लाठी र मशाल जुुलुुस प्रदर्शन गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर दुुई आन्दोलनकारीको मृत्यु भएपछि आक्रोसित बनेका मोर्चाका नेता तथा कार्यकर्ताहरुले शक्ति देखाउन लाठी जुुलुुस निकालेको हो ।
मोर्चाका लहान संयोजक कृष्णबहादुुर यादबको नेतृत्वमा निकालिएको उक्त जुलुुसमा मोर्चा आवद्ध सयौं कार्यकर्ताको सहभागीता रहेको थियो । सहभागीहरु बाँसको भाटा (लाठी) बोकेका थिए । लाठी जुुलुुसको केहीबेर पछि लहानमै मशाल जुुलुस समेत प्रदर्शन गरे ।
लहानस्थित ट्राफिक चौकबाट निकालेको जुुलुुस नगरको विभिन्न भागमा परिक्रमा गरी सहिद चौक पुुगेर कोण सभा गरेका छन् । कोणसभालाई सम्बोधन गर्दै मोर्चा आवद्ध स्थानीय नेताहरुले शान्तिपूूर्ण आन्दोलनमा प्रहरीले दमन गरे प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
यसैविच आज पनि नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ र लहान नगर समितिको संयुुक्त आयोजनामा मधेस आन्दोलनमा समर्थन जनाउँदै लहानमा जुुलुुस प्रदर्शन गरेको छ । मोर्चाको जायज माग गर्न सरकारलाई दबाब दिन जुुलुुस प्रदर्शन गरिएको काँग्रेस लहान नगर समितिका सभापति महेश चौधरीले जानकारी दिनुुभयो ।
यसैविच, आन्दोलनकारीहरुले आज विहानैदेखि पूूर्वपश्चिम राजमार्ग छाडेका छैन् । सिरहाको गोलबजार, मिर्चैया, चौहर्वा लगायतका बजारमा आन्दोलनकारीहरुले टायर बालेर प्रदर्शन गर्नुुका साथै मोटरसाइकल चल्नमा समेत रोक लगाएको छ । बजार समेत पूूर्ण रुपमा बन्द गराएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मिर्चैया नगरपालिकामा पर्ने घुुर्मी पुुल नजिकै करिब आधा दर्जन मोटरसाइकलमा समेत मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरी क्षत्रि पुुर्याएका छन् ।

















प्रतिक्रिया