१२ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चाका कार्यकर्ताले सडक खनेर पुलै भत्काए, सवारी साधन राजमार्गमा अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band-yatatसप्तरी, ६ मङ्सिर । मधेसी मोर्चाका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित सुन्दरी खोलाको पक्की पुल भत्काइदिएका छन् ।

आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरी आज सो पुल भत्काई क्षतिग्रस्त पु¥यादिएको प्रहरीले जनाएको छ । पुलको दुवैतिरका रेलिङ क्षतिग्रस्त भएको छ ।

मोर्चाका कार्यकर्ताले राजमार्गमा गएरातिदेखि लगातार प्रदर्शन गर्दै पक्की पुल भत्काइदिएपछि सो पुुलबाट यातायात चल्न कठिनाइ हुने स्थानीयवासीको भनाइ रहेको छ

यसैबीच राजमार्ग क्षेत्रमा रातिदेखि नै लगातार झडप र प्रदर्शनका कारणले असुरक्षित भन्दै पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँ सवारी साधन अलपत्रमा परेका छन् ।

राजमार्गमा अहिले दिवा तथा रात्रिबस, मालबाहक ट्रकलगायतको साना तथा ठूला गरी हजारौँ सवारी साधन अलपत्रमा परेका छन् । रासस