१२ कार्तिक २०८३, बिहिबार

पूर्वमा एम्बुलेन्स नचलाउने चालकको घोषणा, अस्पताल जान नपाएरै विरामै घरमै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ambulance-biratnagar (2)

– सुमन घिमिरे
मोरङ, ६ मंसिर । असुरक्षाको कारण देखाउँदै एम्वुलेन्स चालक संघले आजदेखी मोरङ, सुनसरी तथा झापा जिल्लामा एम्वुलेन्स नचलाउने निर्णय गरेको छ ।

मधेशी मोर्चाको वन्दमा आन्दोलनकारीहरुले एम्वुलेन्स र एम्वुलेन्स चालकलाई निसाना वनाई आक्रमण गर्ने गरेकाले सुरक्षा नभएसम्म एम्वुलेन्स संचालन नगर्ने जनाएका छन् । आज जिल्ला प्रसासन कार्यालय मोरङमा एम्वुलेन्स सहित पुगेका चालकहरुले प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई भेटेर सुरक्षाको ग्यारन्टी नभएसम्म एम्वुलेन्स संचालन गर्न असमर्थ रहेको भन्दै ज्ञापनपत्र समेत वुझाएका छन् ।

मोरङ र सुनसरीमा लगातार भएको एम्वुलेन्समाथीको आक्रमणको घटनालाइ लिएर चालकहरु यस्तो निर्णय गर्न वाध्य भएको एम्वुलेन्स चालक संघ मोरङका सचिव चन्द्र पराजुलीले बताउनुभयो । आन्दोलनको अवधिभर अहिलेसम्म ११ वटा एम्वुलेन्समाथी आक्रमण भएको चालक संघको भनाई छ ।