
धनगढी, ६ मङ्सिर । कैलालीको भजनी त्रिशक्ति नगरपालिका गन्जहुँवास्थित सयपत्री समुदायको वन क्षेत्रमा रोकिराखिएका जिपमा आज आगजनी गरिएको छ ।
भजनी इलाका कार्यालयका अनुसार रोकिराखिएको ‘अल्फावेट’ नखुलेको १०४६ नम्बरको जिपलाई दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले आगजनी गरेका हुन् ।
अन्तर्राष्ट्रिय करिडोरको रुपमा रहेको कैलालीको वसन्ता वन क्षेत्रको वातावरण अध्ययन गर्नेले भाडामा लिइराखेको सो जिपमा आगजनी गरिएको जिल्ला वन अधिकृत हेम अर्यालले जानकारी गराउनुभएको छ । रासस















प्रतिक्रिया