१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रवादी शक्तिसँग मोचाबन्दी गर्दै राप्रपा नेपाल समानान्तरले जनसंघर्ष गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raparpa

काठमाडौं, ६ मंसिर । संविधान जारी भएपछि आम समस्या समाधान हुन्छ भन्ने दावीको विपरीत नयाँ संविधान जारी भए यता जनताको दैनिकी कष्टप्रद भएकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रियता कमजोर भएको बखत राष्ट्रवादी पार्टीको नाताले राप्रपा नेपाल समानान्तरको काँधमाथि महत्वपूर्ण जिम्मेवारी आएको विचार सो पार्टीका नेताहरुले व्यक्त गरेका छन् ।

‘राजसंस्था नहुँदा सबै समस्या समाधान हुन्छ भनिएको थियो तर अहिले नेपाली समाज ढुंगे र जंगली युगतर्फ उन्मुख भएको जस्तो भएको छ । आम नेपालीको सुविधा कटौति भएको छ, जीवन कष्टकर भएको छ,’ राप्रपा नेपाल समानान्तरका कार्यवाहक अध्यक्ष गणेश शेरचनले भन्नुभयो ।

समानान्तर सम्बद्ध भातृ संगठनद्वारा राजधानीमा आयोजित ‘राष्ट्र, राष्ट्रियता र वर्तमान सन्दर्भ’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै शेरचनले राष्ट्रवादी पार्टीको नाताले राप्रपा नेपाल समानान्तर जनता र राष्ट्रको हितमा सदैब लडिरहने बताउनुभयो ।

कार्यक्रमका सभापति, प्रवक्ता सगुन सुन्दर लावतीले परराष्ट्र मन्त्रीले कान्तिपुर टेलिभिजन सँगको अन्तरवार्तामा नेताहरुले भारतीय संस्थापनलाई गरेको बाचा पुरा नगरिएको कारण वर्तमान समस्या खडा भएको भन्ने धारणा व्यक्त गरेको स्मरण गर्दै, प्रजातान्त्रिक सरकारले सतही हौवा नभएर भारतीय नेतृत्वसँग के बाचा गरेको थियो भन्नेबारे सत्यतथ्य सांर्वजनिक गर्नुपर्दछ भन्नुभयो ।

विगतका परिवर्तन र घटनाक्रमतर्फ इंगित गर्दै, सत्तामा रहेका दलहरुको छिमेकी राष्ट्रलाई हेर्ने दोहोरो मापदण्डका कारण पनि वर्तमान समस्या सिर्जित रहेको उपाध्यक्ष शोभ बहादुर बस्नेतले बताउनुभयो ।

उपाध्यक्ष कृष्ण बहादुर चौधरीले मधेसको आन्दोलन भारतीयको नभएको नेपाली नागरिको मात्र सहभागिता रहेको बताउँदै मधेस आन्दोलनमा पहाडी समुदायको समेत समर्थन रहेको दावी गर्नुभयो ।

महामन्त्री श्याम तिमल्सिनाले राष्ट्रमाथि संकट आइपरेको बखत राष्ट्रवादी शक्तिहरुसँग मोचाबन्दी गर्दै राप्रपा नेपाल समानान्तरले जनसंघर्ष गर्न लागेको उद्घोष गर्नुभयो ।

विगतमा भारतकै लाइनमा काम गर्ने पक्षहरु भारत विरोधी चोलामा अहिले देखा पर्नुमा कतै मिलीभगत त छैन भनेर महामन्त्री बालकृष्ण न्यौपाने प्रश्न गर्नुभयो ।

बाह्र बुँदे सहमतिबाट विदेशी शक्तिलाई स्थापित गराइएकै प्रतिफल राष्ट्रियता कमजोर भएको र वर्तमान समस्या आइपरेको र वर्तमान संविधानले जनताको समस्या समाधान नगरेको विचार महामन्त्री रामु राईले राख्नुभयो ।

कार्यक्रममा सहायक महामन्त्रीद्वय किशोर गुरुङ र आरजु थापा श्रेष्ठ, केन्द्रिय सदस्य प्रेम देसारले मन्तव्य राख्नु भएको थियो भने केन्द्रिय सदस्य प्रेमराज लावतीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम महिला संगठन, युवक संगठन र युवा मोर्चाले संयुक्त रुपमा आयोजना गरेको थियो ।